१३ तस्बिरमा हेरौं ‘झलमल्ल पोखरा’
पाेखरा | भदौ २०, २०८०
पाेखरा: पर्यटकीय नगरी पोखरा यतिबेला झलमल्ल बनेको छ ।
पोखरा महानगरपालिकाले ‘उज्यालो पोखरा अभियान अन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकमा जडान गरिएका हाइमास्ट र स्मार्ट सडकमा बत्तीले पोखरालाई झलमल्ल बनाउको हो ।
महानगरले महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार ७ वटा स्मार्ट सडक बत्ती र २३ चोकमा हाइमास्ट जडान गरेको छ । त्यसको विधिवत शुभारम्भ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे ।
जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती छन् । सडक बत्ती जडान अयोजनाको लागत रु १४ करोड ६५ लाख छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा छ ।
स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने विश्वास लिइएको छ ।
तस्बिरहरु:-











संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

